पोखराका युवा उद्यमीको साथ विन्दुलाई

पोखरा, मंसिर १८ ।
पोखराका युवा उद्यमीहरुको समूह (एनवाईएफ) ले कास्की क्षेत्र नम्बर प्रदेशसभा (ख) का काँग्रेस उम्मेदवार विन्दुकुमार थापालाई सघाउने निर्णय गरेको छ । उद्यमीहरुले अन्तरक्रिया नै गरेर थापालाई सघाउने प्रतिबद्धता जनाए ।
ब्यवसायी र उद्यमीहरुको हक हितका लागि लड्ने मान्छे संसदमा प्रबेश गर्ने भएकाले थापाको विकल्प नभएको उनीहरुले बताए । ‘यसअघि पनि ब्यवसायीहरुको संस्थामा नेतृत्व गर्दा वहाँले हाम्रा पक्षमा काम गर्नुभयो । उद्यमीको मर्का बुझ्ने मान्छे विन्दुबाहेक अरु छैन, समूहका अध्यक्ष ज्ञानेश्वर राज श्रेष्ठले भने–यसपाली जुन पार्टीमा भएपनि हामी पूर्ण साथ दिन्छौं । वहाँले जित्नुपर्छ ।’
उम्मेदवार थापाले चुनाव नै नभएपनि उद्यम गर्न चाहानेको पक्षमा आँफु सँधै लागिरहेकाले त्यो अभियान सांसद भएपछि थप मजबुत हुने बताए । ‘मैले चुनाव जित्ने हार्ने फरक पाटो हो । तर तपाईँहरुको पक्षमा म सँधै लागिरहनेछु, थापाले भने–चुनावमा जिताउनुभयो भने संसदमा पनि आवाज उठाउन सजिलो हुन्छ । त्यसका लागि सहयोग गरिदिनुहोला ।’