पूर्वमन्त्रीको सानेपामा श्रद्धाञ्जलीसभा, पशुपतिमा अन्तेष्टि

 

काठमाडौं, फागुन ३० ।

पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ ।

उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौलालगातले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

सिटौलाले शेर्माको निधनबाट पार्टीलाई ठूलो क्षति भएको भन्दै समय क्रममा झन् अभाव खड्किने बताए ।

सानेपामा बसेको नेपाली कांग्रेसको आकस्मिक बैठकले शोक प्रस्तावसमेत पारित गरेको छ । शेर्माको उपचारको क्रममा बुधबार ललितपुरको एक अस्पतालमा निधन भएको थियो ।

पाँचथरमा जन्मिएका शेर्मा नेपाली कांग्रेस पाँचथरको दुुईपटक सभापतिसमेत भएका थिए ।
(ईमृजखबरबाट साभार)