पार्टी फुटको हल्ला निराधार : भीम रावल
कैलाली, फागुन १७ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सचिवालय बैठकको निर्णयअनुसार नै वामदेव गौतमलाई राष्ट्रिससभामा लैजानुपर्ने बताए ।
पार्टी फुटको हल्ला भने निराधार रहेको उनले जिकिर गरे ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सबैको चासो बढेकोमा उनले खुसी व्यक्त गरे ।
उनले एमसीसीबारे पार्टीको आधिकारिक धारणा नआएकाले यस विषयमा आफू धेरै नबोल्ने बताए ।
अर्को प्रसंगमा नेता रावलले धनगढी विमानस्थलको ‘भीआइपी’कक्ष प्रवेशमा आफूलाई रोक लगाएर अपमान गरिएको गुनासो गरे ।
(ईमेजखबरबाट साभार)