पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना
काठमाडौं, पुस १७ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । देशभर मौसम सामान्य बदली रहेको छ ।
आज उच्च पहाडी तथा हिमाली भुभागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा वर्षाको तथा पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती देशभर सामान्य बदली रही केही स्थानमा मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु(भागमा भने हिमपातको सम्भावना छ ।
मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेको र चिसो बढ्ने हुनाले सतर्कता अपनाउन पनि मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १७ गते (बिहिबार) दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु(भागका अधिकांश स्थानमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च उच्च पहाडी तथा हिमाली भु(भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।
पौष १८ गते (शुक्रबार) दिउँसो स्देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु(भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु(भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार) दिउँसो देशभर रही उच्च पहाडी तथा हिमाली भु(भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु(भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।(ईमेजखबरबाट साभार)