पशुपालनबारे तालिम लिने मन छ ? यो समाचार पढ्नुस्

पोखरा, फागुन १४ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा केन्द्रिय समितिको आयोजना र क्षेत्रीय पशु सेवा तालीम केन्द्र पोखराको संयोजनमा निजी प्राईभेट पाराभेटहरुलाई कृत्रिम गर्भाधान तालीम आयोजना गरिएको छ । २ सतासम्म चल्ने तालिममा सहभागी हुनका लागि शुल्क तिर्नुपर्छ । तालीममा सहभागी हुन मंगलबारसम्म निवेदन फाराम बुझाईसक्नुपर्ने नेल्टाका महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए । तालीम फागुन २० गतेदेखि चैत १ गतेसम्म क्षेत्रीय पशु सेवा तालीम केन्द्र पोखरामा चल्नेछ । हालसम्म ३२ जनाले निवेदन पेश गरिसकेका श्रेष्ठले बताए । उनका अनुसार तालीम लिने धेरै भए पहिलो सकिए लगत्तै दोश्रो समूहको तालीम चल्नेछ ।
यसैबीच, नेल्टाले लोक सेवा तयारी कक्षा समेत सञ्चालन गर्ने भएको छ । भेटेरिनरी प्राविधिकहरुका लागि ४५ दिने कक्षा चलाउन लागेको हो । लोकसेवा कक्षामा सहभागी हुन फागुन मसान्तभित्र निवेदन बुझाईसक्नुपर्ने र नेल्टाले जनाएको छ ।