पब डान्सिङ बोट पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा

 

पोखरा, असोज १० ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा अवस्थित “पब डान्सिङ बोट” पहिलो बर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ । पब डान्सिङले दोस्रो बर्षमाप्रवेश गरेको उपलक्षयमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाउने भएको छ । समाज र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्य सहित विभिन्न वार्षिकोत्सव विशेष कार्यक्रम गर्ने भएको हो ।

पोखरा र यस क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षितगरि विभिन्न खानाका परिकार एवं पेय पदार्थहरुको उत्कृस्ट स्वादको साथमा दैनिकलाई म्युजिकसंगै पारिवारिक वातावरणमा उत्कृष्ट ग्राहक सेवा दिने उदेश्यले स्थापना भएको पब डान्सिङले आफ्नो उदेश्य अनुरुप नै आफ्ना स्वदेशी सहित विदेशीलाई सेवा प्रदान गरिरहेको छ ।

डान्सिङ बोटले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि आश्विन १० गते पहिलो दिन पोखरा १७ महतगौंडा स्थित पोखरा वृद्धाश्रमका करिब ५५ जना जेष्ठ नागरिकहरु र सिद्दार्थ चोकस्थित शिशु स्याहार केन्द्रका करिब ५० जना सुस्त मनस्थितिका बालबालिकाहरुलाई पबको संस्कृति र पबभित्रको वातावरणको अनुभूति दिलाउने उदेश्यले मध्यान्ह १२ः३० देखि पब परिसर भित्रै खाना, नास्ता,जुस र कोल्ड ड्रिंङक्स को व्यवस्था सहित हाउस ब्याण्डको सांगीतिक प्रस्तुति सहित मनोरन्जनात्मक कार्यक्रमहरु गर्ने डान्सिङ बोटका प्रबन्ध निर्देशक भिष्मराज पौडेलले जानकारी दिएका छन् ।

संगितसंगै पारिवारिक वातावरणमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अवधारणा अनुरुप संचालनमा आएको पबमा बेदप्रसाद बराल, विश्वराज पौडेल, भिष्मराज पौडेल पौडेल, मिनराज पौडेल र दामोदर पौडेलको साझेदारी लगानीमा सञ्चालित छ ।

डान्सिङ बोटले दोस्रो बर्षमा प्रवेशको उपलक्ष्यमा पबमा आउनु हुने ग्राहकहरुलाई सेप्टेम्बर महिनाको अन्त्यसम्म मेनुमा १५ प्रतिशतको वार्षिकोत्सव विशेष छुट, कम्प्लिमेन्ट्री गिफ्टभौचर तथा लक्की ड्रका कार्यक्रम पनि संचालन भइरहने कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी गराएका छन् ।

वार्षिकोत्सलाई मध्यनजर गर्दै पब डान्सिङ बोटले नेपाल आइडल सिजन दुईका उपविजेता पोखरेली गायक बिक्रम बराल र उनको ब्याण्ड को सांगीतिक प्रस्तुति असोज १० गते शुक्रबार रहने छ भने नेपाली संगीत क्षेत्रका लेजेण्डरी तथा युवा पुस्तामाझ लोकप्रिय गायक संजय श्रेष्ठ र उनको ब्याण्डको बिशेष सांगीतिक प्रस्तुति शनिबार रहने प्रबन्धनि र्देशक भिष्मराज पौडेलले बताएका छन् ।