पत्रकार सापकोटाले बाबुको सम्झनामा अक्षयकोष बनाए

पोखरा, असोज १६ ।
पोखरा–२५ हेमजाका देविलाल (कलाधर)सापकोटाको स्मृतिमा देविलाल स्मृति अक्षयकोष स्थापना गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुराँसको गभर्नस क्लब भिजिट तथा सम्मान कार्यक्रमका बेला स्वर्गीय देविलाल सापकोटाका परिवारले अक्षयकोष स्थापना गरेका हुन् ।

स्वर्गीय देविलाल सापकोटाका परिवार श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । लायन्स क्लब अफ पोखरा लालिगुराँसले सञ्चालन गर्ने अक्षयकोषबाट प्रत्यक वर्ष प्राप्त व्याजले एक जना समाजसेवीलाई सम्मान गरिने छ । पुरस्कारको राशि नगद १० हजार सम्मान पत्र र दोसल्ला रहने छ ।

अक्षयकोषको रकम स्वर्गीय देविलालकी श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारी तथा कोषाध्यक्ष ऋषिराम पौडेललाई हस्तान्तरण गरेका थिए । वुवाको सम्झना प्रत्यक वर्ष एक जना समाजसेवीलाई सम्मान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छोरा प्रकाशचन्द्र सापकोटालो जानकारी दिए ।

‘वुवाले आफ्नो पुरै समय समाजिक क्षेत्रमा नै बिताएकाले सामाजिक क्षेत्रमा काम गरेकालाइ प्रोत्साहन गर्ने गरी सम्मान गर्न यो अक्षयकोष स्थापना गरेका हौं, पत्रकार समेत रहेका छोरा प्रकाशले भने,‘जो निस्वार्थ सामाजिक क्षेत्रमा कटिवद्ध भएर काम गरेको छ त्यस्ता व्यक्तिलाई यो अक्षयकोषको व्याजबाट प्राप्त रकमले सम्मानित गरिने छ ।’ अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने छोरा प्रकाशले जानकारी दिए । कार्यक्रममा बोल्दै लायन्स क्लब अफ ३२५ वि वान वर्ष २०१८–१९ का डिष्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठले अक्षयकोषले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पे्ररित गर्ने बताए ।