पत्रकार पराजुलीलाई मातृशोक

पोखरा, असोज १ ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई मातृशोक परेको छ । उनकी आमा कलावती पराजुलीको ९३ बर्षको उमेरमा सोमवार पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।

पोखरा ६ वैदाम निवासी स्वर्गीय पराजुलीका ४ छोरा र एक छोरी छन् । जेठा छोरा कविराज पराजुली ब्यापारी हुन् भने माईला छोरा भेषराज पराजुली चापाकोट गाविसका पूर्व अध्यक्ष तथा किसान संघ कास्कीका अध्यक्ष हुन् ।

साईला अग्नीधर पराजुली नेविसंघ कास्कीका पूर्व अध्यक्ष तथा पद्यकन्या क्याम्पसका प्राध्यापक हुन् । स्वर्गीय पराजुलीको मंगलबार विहान ९ वजे रामघाटमा अन्तिम दाहासंस्कार गरिने पारिवारीक श्रोतले जनाएको छ ।

यसैबीच नेपाल प्रेस युनियन कास्कीले शोक विज्ञप्ति प्रकाशित गरि सल्लाहकार गंगाधर पराजुलीको आमाको निधन प्रति दुःख व्यक्त गरेको छ । युनियनका सचिव प्रकाशचन्द्र सापकोटाद्धारा जारी विज्ञप्तिमा पराजुलीको निधन प्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरिएको छ ।