नेल्टा अध्यक्ष रावललाई पितृशोक, नेल्टाको समवेदना

पोखरा, माघ १८ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) का केन्द्रिय अध्यक्ष जनक रावललाई पितृशोक परेको छ । रावलका पीता टेकबहादुर रावलको ६२ औं बर्षको उमेरमा निधन भएको हो । नेल्टाले रावलको परिवारलाई समवदेना प्रकट गरेको छ ।
रावलको घरमै पुगेर नेल्टाले समवेदना दिएको हो । श्रद्धाञ्जली सभामा नेल्टाका केन्द्रिय महासचिव सुरेशकुमार श्रेष्ठ सहितको पदाधिकारी र सल्लाहकारको टीम उपस्थित थियो ।