नेल्टाको केन्द्रिय बैठक लुम्लेमा

पोखरा, असोज १२ ।
नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) के केन्द्रिय बैठक कास्कीको लुम्लेमा हुने भएको छ । आईतबार र सोमबार लुम्ले स्थित कृषि अनुसन्धान केन्द्रको सभाहलमा हुने बेठकको तयारी पूरा भैसकेको केन्द्रिय महासचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोही अवसरमा दशैं तथा तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत हुनेछ । बैठकलाई सम्बोधन गर्न नेपाली काँग्रेसका नेता अर्जुन जोशी लुम्ले पुग्नेछन् ।