नेपाल इन्जिनियर्स एशोसियसनको चुनाव–प्रोग्रेसिभ समूहको उम्मेदवारी दर्ता

पोखरा, कार्तिक २० ।
आउँदो मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एशोसियसन गण्डकी प्रदेशको चुनावका लागि प्रोग्रेसिभ समूहले मनोनयन दर्ता गरेको छ । आर्किटेक इञ्जिनियर बाबुराम भण्डारी अध्यक्ष रहने गरि १५ सदस्यीय समितिमा प्रोग्रेसिभ समूहले उम्मेदवारी दर्ता गरायो ।

उपाध्यक्षमा इञ्जिनियर धु्रवराज भट्टराई, सचिवमा इञ्जिनियर दीपक थापा, सहसचिव इञ्जिनियर विष्णुप्रसाद खनाल र कोषाध्यक्षमा इञ्जिनियर सोवितबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यमा इन्जिनियरहरु हरिकला थापा गुरुङ, केशव बस्नेत, कृष्ण प्रसाद पौडेल, हरि केसी, राम कुमार श्रेष्ठ, बिमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, सर्मिला गौतम र अनिश कुमार ढकालको उम्मेदवारी परेको छ ।

प्रोग्रेसभि इन्जिनियरिङका तर्फबाट इञ्जिनियर ओमप्रकाश गिरी केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । मंसिर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।