नेकपाको चियापान तथा शुभकामना आदान–प्रदान असोज २९ मा

 

काठमाडौं, असोज ११ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दसैं, तिहार, नेपाल संवत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो ।

नेकपाको सम्पर्क समन्वय कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिए ।

पार्टी एकताअघि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टैरुपमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए । (रासस)