नारी परोपकार केन्द्रले तीज गीत प्रतियोगिता गर्ने
पोखरा, भदौ ४ ।
पोखरा ८ मा रहेको नारी परोपकार केन्द्रले तेश्रो संस्करणको तीजगीत प्रतियोगिता गर्ने भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । २०७३ सालदेखि केन्द्रले लगातार प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा पहिलो हुनेले १५ हजार नगद प्राप्त गर्नेछ भने दोश्रोलाई १० हजार, तेश्रोलाई ७ हजार र सान्त्वना हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार दिईने आयोजक संस्थाकी अध्यक्ष शारदा गिरीले जानकारी दिईन् । उनका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि ५ सय रुपैयाँ दर्ता शुल्क राखिएको छ ।
नेपाली संस्कृतिको जगेर्ना गर्ने र महिला दिदीबहिनीहरुमा रहेको अन्तरनिहित गायन क्षमतालाई प्रष्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरिएको हो । भदौ २७ गते हुने प्रतियोगितामा सामुहिक टीम दर्ता गर्नुपर्नेछ ।