नवलपुरमा करेण्ट लागेर १ जनाको मृत्यु

पोखरा, असोज १ ।
नवलपरासी सुस्ता पुर्व देवचुली नगरपालिका १३ मा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । ३६ बर्षिय बुद्धराम बोटेको मृत्यु भएको हो ।

चिसो हातले आफ्नै घरको टिभी जोड्ने क्रममा करेण्ट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका उनको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।