दशनामी युवाको भेला तथा अधिवेशन पोखरामा सम्पन्न

 

पोखरा, भदौ २८ ।

नेपाल दशनामी युवा समाजको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

अधिवेशनले सुरेश गिरीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरि समितिको वरिष्ठ उपाध्यक्षमा पोखराका अर्जुन गिरी, उपाध्यक्षमा बुटवलका अर्जुन गिरी, महिला उपाध्यक्षमा काठमाडौँकी शान्ता गिरी, महासचिवमा विराटनगरका जंगराज गिरी, सचिवमा नवलपुरका मदन गिरी, सचिवमा काठमाडौँका गणेश गिरी, कोषाध्यक्षमा तनहुँका सुरेश पुरी र सह कोषाध्यक्षमा बिरगंजका सन्दिप पुरी चयन भएका छन् ।

सदस्यमा अमृत गिरी, सुवास गिरी, सन्धया पुरी, नविनराज गिरी, दिपक भारती, सञ्जय गिरी, विद्या भारती, डिल्लीराम वन, नमराज पुरी, किसन गिरी, रुद्र गिरी, राजुराज गिरी, नविन गिरी, नन्दु गिरी, रामकुमार पुरी, दिपक पुरी र अमृता गिरी चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पदम गिरीले युवाहरु देशको शक्ती भएकाले सहि ठाउँमा उर्जा खर्चिनुपर्ने बताए ।

सो अवसरमा नेपाल दशनामी समाजका प्रमुख संरक्षक जयराम पुरी, प्रदेश नं २ का प्रदेश सांसद प्रल्हाद गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तारा गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष ध्रुव गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष सरस्वती गिरी लगायतकाले बोलेका थिए ।