तानसेन–बुटवल सडक दैनिक आठ घन्टा बन्द

 

पाल्पा, चैत ०१ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक दैनिक आठ घण्टा बन्द गरिएको छ ।

कालीमाटी चर्चरे क्षेत्रको घुम्ती कटानको कामका लागि चैत्र १२ गतेसम्म सडक खण्ड आंशिक रुपमा बन्द गरिएको हो ।

बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

पाल्पा बुटवल सडक खण्डमा अत्याधिक घुम्ती रहेको र दुर्घटना बढेकोले राजमार्ग सडक सुधार अन्तरगत यो कार्यक्रम संचालन गरिएको हो ।

यसअघि तानसेन तम्घास सडकमा घुम्ती सुधार कार्यक्रम संचालन प्रभावकारी भएपछि तानसेन बुटवल सडकमा पनि यो कार्यक्रम संचालन गरिएको सडक कार्यालयले जनाएको छ ।
(ईमेजखबरबाट साभार)