तरुण दलले दियो विपन्नलाई राहत

पोखरा, चैत २१ ।
पोखराका विभिन्न ठाउँमा बसोबास गर्दै आएका विपन्न परिवारलाई तरुण दल कास्कीले राहत उपलब्ध गराएको छ । कास्की बाहिर घर भई पोखरामा दैनिक ज्यालादारीमा काम गरिरहेका उनीहरुलाई कोरोनाका कारण सरकारले गरेको लकडाउनपछि चुलो बाल्नै समस्या परेको भन्दै खाद्यान्न सहयोग गरेकोह ो ।

पोखरा ५ का २५ परिवार र ४ नम्बर वडाका ४० परिवारलाई चामल, दाल, नुन, तेल लगायत खाद्य सामग्री सहयोग गरिएको तरुण दल नगर अध्यक्ष महेन्द्र पुन (भाञ्जा) ले जानकारी दिए । राहत सामग्रीको संयोजन उनैले गरेका थिए ।

जनताको दुखमा तरुण दल पनि सँगै रहेको सन्देश दिन र जनताको पीडामा थोरै भएपनि मलम लगाउन सहयोग गरेको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बताए ।