ट्र्याक्टर पल्टिँदा ३ जनाको मृत्यु, ८ घाइते

महोत्तरी, माघ ९ ।
गएराति महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । सरस्वती पूजाको अवसर पारेर वनभोज खाएर फर्किैदै गएका व्यक्तिहरु चढेको ट्रयाक्टर राति साढे ९ बजे पल्टिँदा सो दुर्घटना भएको हो। मृत्यु हुनेहरुमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षिय सत्यचन्द्र साह, १८ वर्षीय राम बाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका छन् ।
घाइते सबैको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।