ट्रेडमलको मेगाजीम उद्घाटन

पोखरा, माघ २ ।
पोखराको ट्रेडमलमा मेगाजीम सञ्चालनमा आएको छ । जीमहलको सोमबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र कास्की क्षेत्र नम्बर २ (ख)का सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै जिसीले ब्यवसायिक र आधुनिक हिसावको ब्यायम पोखरामा भित्रिएकोमा प्रशंसा गरे । उनले यसको सही ब्यवस्थापन गर्न संचालकसँग आग्रह समेत गरेका छन् । आवश्यक सहयोगका लागि आँफु प्रतिबद्ध रहेको मेयर जिसीले बताए । कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का सांसद विन्दुकुमार थापाले ब्यवसायीक दक्षताले देशको अर्थतन्त्र पनि बलियो हुने भन्दै आर्थिक समृद्धीसँग ब्यवसायीको ठूलो लगानी रहेको बताए । उनले सांसदको हैसियतले परेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पोखराका पूराना जीम ब्यवसायीहरुले नै नयाँ र आधुनिक हिसावको जीमखाना सुरु गरेका हुन् । पोखराका खेलाडी र सर्वसाधारणलाई ध्यानमा राखेर मेगाजीम सुरु गरिएको सञ्चालक नवीन श्रेष्ठले जानकारी दिए । उनका अनुसार करिव २ करोड लागतमा अत्याधुनिक मेसिन सहितको जीमखाना सुरु गरिएको हो । शहरी जीवनशैलीलाई ध्यानमा राखेर उनीहरुको स्वास्थ्यलाई स्वस्थ बनाउने उद्देश्य सहित जमिहल सुरु भएको अर्का सञ्चालक केशव उदासले जानकारी दिए । जीमहलमा पोखरामै पहिलो पटक मुवेथाई बक्सिङको ब्यवस्था गरिएको छ भने जुम्बापनि सँगै सञ्चालन हुने सञ्चालक समितिले जनाएको छ । ५ जना युवा ब्यवसायीको संयुक्त लगानीमा जीमहल सञ्चालन गरिएको हो ।