झापामा दुई युवकले गरे पुरुषकै बलात्कार

झापा, फागुन ८ ।
झापामा दुई पुरुषले एकजना पुरुषकै बलात्कार गरेका छन् । रातिको समयमा पीडित पुरुष कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको नजिकै हिडिरहेको अवस्थामा बलात्कृत भएको झापा प्रहरीले जनाएको छ ।

राति ७ बजेतिर दुई युवक मिलेर जबरजस्ति अप्राकृतिक यौन सम्पर्क गरेको पीडितले बताएका छन् । बलात्कारमा परेका युवक गम्भीर घाइते भएको र उनको हाल विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न दुवै युवकलाई प्रहरीले अनुशन्धान गरिरहेको बताइएको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडु रहेका छन् ।