जेपी प्रतिष्ठानको रजत महोत्सवमा महायज्ञ
काठमाडौं, माघ १६ ।
जेपी प्रतिष्ठान मैत्री सेवाश्रमले आफ्नो रजत महोत्सवको अवसरमा महायज्ञ कोटी हवन गर्ने भएको छ ।
प्रतिष्ठानले काठमाडौंको लप्सिफेदीमा रहेको आफ्नो सेवाश्रममा बिहीबार एक कार्यक्रम गरी पितृहरुका लागि महायज्ञ लगाउने भएको हो ।
१५ दिनसम्म कथावाचनसहित लगाईने महायज्ञबाट प्राप्त सहयोगबाट ज्येष्ठ नागरिकहरुका लागि भवन निर्माण गरिने छ । प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले सामाजिक भावनाको विकासको लागि सबैसंग सहयोगको आग्रह गरे ।
कार्यक्रममा विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मानित गरिएको थियो ।
यस्तै सामाजिक सेवाका विभिन्न क्षेत्रमा योगदान र्पुयाउने व्यक्तित्वलाई राष्ट्रिय ज्येष्ठ नागरिक महासंघकी उपाध्यक्ष तथा समाजसेवी ईन्दिरा मानन्धरले सम्मानित गरेकी थिइन् ।
यस अघि ४८ दिनसम्म पुजा गरिएका शान्ति कलश तथा शान्तिदीप यात्रा गरिएको थियो ।
(ईमेजखबरबाट साभार)