जेठमा मात्रै डेढ लाखले चढे मनकामना केवलकार

पोखरा, असार ३ ।
चितवनको कुरिनटारबाट गोरखाको मनकामना जोड्ने केवलकार एकै महिना डेढलाखले चढेका छन् । जेठ महिनामा मात्रै डेढ लाख यात्रुले केवलकारमा यात्रा गरेका मनकामना दर्शन प्रालिले जनाएको छ ।

यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि आर्थिक बर्ष २०७५÷७६ को जेठ महिनामा १ लाख ३५ हजार यात्रुले केबलकारबाट यात्रा गरेका थिए ।

चालु आर्थिक वर्षमा मनकामना जाने यात्रुको संख्यामा भारतीयको संख्यामा पनि भारी वृद्धि भएको छ । चालू वर्षको ११ महिनामा २ लाख ६९ हजारभन्दा बढी भारतीय पर्यटकले केवलकार चढेका तथ्यांक छ ।