छोरेपाटनमा रहेको दुर्गा मन्दिरमा दुर्गा पूजा महोत्सव सुरु
पोखरा, असोज १२ ।
पोखरा–१७, छोरेपाटनस्थित दुर्गा मन्दिरमा आइतबारदेखि दुर्गा पूजा महोत्सव सुरु भएको छ । मन्दिर परिसरबाट १०८ घडा, बाजागाजा, भजनकीर्तन सहित निस्केको शोभायात्रा शीतलचौतारी, डेभिडफल, बेलचौताराहुँदै मन्दिर पुगेको थियो । शोभायात्राको उद्घाटन गर्दै वडाध्यक्ष तीर्थराज अधिकारीले मन्दिरको संरक्षणको लागि वडाले सहयोग गर्ने प्रतिबद्धता गरे ।
दुर्गा मन्दिर व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष खुमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा छोरेपाटन टोल विकास समिति अध्यक्ष चूडामणि बराल, मन्दिर सचिव विजयकुमार शाहीले संचालन र स्वागत सहसचिव खेमराज बरालले गरेका थिए ।
घटनास्थापनादेखि शोभायात्रासहित मन्दिरमा शुरु महोत्सव असोज २० सम्म चल्नेछ । फूलपातिको दिन बाजागाजा, भजनकीर्तन सहित नगरपरिक्रमा गरी पूmलपाति भित्राउने कार्यक्रम रहेको शोभायात्रा परिचालन उपसमिति संयोजक विजयकुमार शाहीले बताए ।
यस्तै, ९ दिनसम्म बिहान ७ देखि १० बजेसम्म पण्डित रामप्रसाद नेपालले देवीभागवत् प्रवचन दिने छन् भने साँझ ७ देखि १० बजेसम्म दुर्गा मन्दिर भजनमण्डल समितिद्वारा भजनकीर्तन तथा सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक खेमराज बरालले बताए ।