चीनबाट नेपाली विद्यार्थी फिर्ता ल्याउन ‘अझै केही दिन लाग्ने’
काठमाडौं, माघ २१ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाली विद्यार्थी ल्याउन अझै केही दिन लाग्ने जनाएको छ ।
मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ‘कोरोनाभाइरस’को संक्रमणले ग्रसित वुहान सहरबाट स्वदेश फर्कन चाहने विद्यार्थीलाई ल्याउन अझै तीनरचार दिन लाग्ने जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चीनको वुहान सहरभन्दा ५०० किलोमिटरसम्म टाढा रहेका विद्यार्थीलाई एक ठाउँमा ल्याउन नै केही समय लाग्ने हुँदा केही दिन ढिलो हुने जानकारी दिए ।
स्थलको खोजी
चीनबाट नेपाल ल्याइएका विद्यार्थीलाई बेग्लै ठाउँमा राख्ने स्थलको खोजी भइरहेको प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
मंगलबार (आज) बेलुकासम्म ‘क्वारेन्टाइन’ स्थलको टुंगो लागिसक्ने उनको भनाइ थियो ।
प्रवक्ता डा. श्रेष्ठकाअनुसार नेपालमा हालसम्म १४ जना शंकास्पद व्यक्तिमा कोरोनाभाइरसको परीक्षण भइसकेको छ । जसमध्ये एकजनाबाहेक हालसम्म कसैमा पनि कोरोनाभाइरसको संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ ।
(ईमेजखबरबाट साभार)