ग्लोबल आईएमई बैंकद्वारा लेखनाथ सामुदायिक लायन्स अस्पताललाई सि.सि क्यामेरा जडानका लागि सहयोग

 

लेखनाथ, फागुन १७ ।

ग्लोबल आईएमई बैंक लिमिटेडले लेखनाथ सामुदायिक लायन्स अस्पताल पोखरा ३० मोहरियालाई सि.सि क्यामेरा जडानका लागि पचास हजार रुपैँया सहयोग गरेको छ ।

बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले अस्पतालका अध्यक्ष रमानाथ पौडेललाई सहयोग गरकम शुक्रबार हस्तान्तरण गरेका हुन् ।

सहयोग रकमबाट जोडिएको सि.सि क्यामेराले अस्पतालको सुरक्षा र स्वास्थ्य सेवा प्रवाहमा सुदृढता आउने अस्पतालका अध्यक्ष पौडेलले बताए । बैंकका प्रदेश प्रमुख सिलवालले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको उल्लेख गर्दै अस्पतालसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

अस्पतालका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका गण्डकी प्रदेश उपप्रमुख अजय थापा, बेगनासताल शाखाका प्रमुख दिनेश अधिकारी, अस्पतालका सचिव कृष्ण प्रसाद तिवारी, अस्पतालका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
पछिल्लो समय अस्पतालले सेवा प्रवाहमा गुणस्तरियता कायम गरेकाले विरामीहरुको चाप बढ्दै गएको अस्पतालले जनाएको छ ।