गोसाइँकुण्ड मेला जाने तीर्थयात्री दैनिक बढ्दै

 

रसुवा, साउन २५ ।

जनै पूर्णिमाको अवसरमा रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेलामा आउने तीर्थयात्रीको चाप बढेको छ ।

नागपञ्चमीदेखि मेला शुरु भएसँगै गोसाइँकुण्डमा स्नान गर्न आउने तीर्थयात्रीको चाप बढेको हो । दैनिक दुई सयभन्दा बढी तीर्थयात्री पुग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।

मेलामा आउने तीर्थयात्रीहरुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त राख्न जिल्ला प्रशासन कार्यालय रसुवाले सबै सुरक्षा निकायसँग समन्वय गरि प्रमुख जिल्ला अधिकारीको टोली गोसाइँकुण्ड प्रस्थान गरेको छ ।

मेलामा आउने तीर्थयात्री नठगिउन भनेर मेला व्यवस्थापन समितिले खाना, बास तथा घोडाचडीको दर रेट कायम गरेको छ ।

(ईमेजखबरबाट साभार)