गुटउपगुटले काँग्रेसको अस्तित्व नै संकटमा : कुलबहादुर गुरुङ
काठमाडौं, पुष १६ ।
वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदैं जानु दुःखपूर्ण भएको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसमा अवसरमा समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले सत्ताको लुछाचुँडीले गर्दा काँग्रेस निरर्थक सावित भइसकेको दाबी गरे ।
अब सत्तालिप्सालाई त्यागेर सिद्धान्तलाई आत्मसाथ गर्दै काँग्रेस अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।
गुरुङले गुटउपगुटले काँग्रेसको अस्तित्वनै संकटमा पर्न सक्ने भएकाले राष्ट्रको अस्तित्वलाई जोगाउन र प्रतिपक्षको भूमिकालाई सक्रियतापूर्वक निर्वाह गर्नु अहिलेको आवश्यकता रहेको बताए । (ईमेजखबरबाट साभार)