गाउँपालिका अध्यक्षसँग दुई करोड माग्नेलाई गोली ! दुई जना प्रहरीको नियन्त्रणमा

 

काठमाडौं, साउन २४ ।

रामेछापको लिखु गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ माग्ने दुई जनालाई प्रहरीले गोली हानी काठमाडौको स्वयम्भूबाट नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले लोप्चन भनिने मिलन लामामाथि गोली प्रहार गरेको हो ।

उनको दुबै घुँडामा एक–एक राउण्ड गोली लागेको छ । मिलनसँगै रहेका अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । घाईते मिलनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । उनीहरु गुण्डागर्दी र लुटपाटमा संलग्न रहेको दाबी प्रहरीको छ । प्रहरीका अनुसार अमृत र मिलन दुबै रामेछापका हुन् ।

उनीहरुले गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेका र नदिए छोरीलाई उपहरण गर्ने धम्की दिएका थिए ।

(रेडियो कान्तिपुरबाट साभार)