गण्डकी प्रदेशमा पर्यटन बर्षको लोगो र नारा डिजाइन गर्नेलाई ५० हजार पुरस्कार

पोखरा, पुस २८ ।
गण्डकी प्रदेश स्तरीय आन्तरिक पर्यटन बर्ष २०१९ को लोगो र नारा बनाउनेलाई ५० हजार पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराले एक सूचना प्रकाशित गर्दै लोगो र नाराको लागि १५ दिनको समय राखेर प्रतिश्पर्धी आवहन गरेको छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको गण्डकी प्रदेश आन्तरिक पर्यटन बर्ष २०१९ को लोगो प्रतिक चिन्ह र नारा स्लोगनको लागि इच्छुक ब्यक्ति तथा संस्थालाई प्रतियोगितामा सहभागिता हुन आग्रह गरिएको हो ।

लोगो र नारा डिजाइन गरी १५ दिन भित्र पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयमा इमेल पठाउन सकिनेछ । आफुले डिजाइन गरेको लोगो नबलमबपष्२लतद.यचन.लउ मा पठाउन सकिनेछ ।

प्रतिश्पर्धीबाट आएका मध्ये छनौटमा परेको लोगो र नाराले ५० हजार पुरस्कार जित्नेछ । लोगो गण्डकी प्रदेशको पर्यटकिय आकर्षण झल्किने हुनुपर्ने सूचनामा उल्लेख छ ।