क्यान्सर रोगबारे सिर्जनाको सचेतना

पोखरा, पुस २० ।
पोखरा ८ सिमलचौरमा रहेको सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई क्यान्सर रोगबारे सचेतना दिएको छ । नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाको सहकार्य तथा प्राविधिक सहयोगमा सहकारीले विहिबार क्यान्सर रोगको कारण र उपचार पद्धतीबारे जानकारी गराएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष रवीरमण तिवारीले संस्थाले बचत ऋण कारोबार बाहेक सामाजिक उत्तरदायित्वमा पनि विशेष योगदान गरेको बताए । अर्वुद रोग निवारण संस्था कास्कीका अध्यक्ष रामचन्द्र थापाले महिलाहरुको सक्रियताले विशेष काम सफलतापुर्वक सम्पन्न हुने भन्दै सिर्जना सहकारी त्यसको उदाहरण भएको बताए ।
कार्यक्रममा १ सय २० जना शेयर सदस्यहरु सहभागी थिए भने सचेतना कार्यक्रमको सहजीकरण बरिष्ठ चिकित्सक डा. कालु शर्माले गरेका थिए । शर्माले क्यान्सरसँगै नियमति आहार, सकारात्मक सोच, नियमित ब्यायम, तनाव ब्यवस्थापन र दम तथा निमोनिया रोगबारे पनि जानकारी गराए । कार्यक्रममा अर्वुदरोग निवारण संस्थाका निवर्तमान अध्यक्ष रामप्रसाद बस्ताकोटी, प्रथम उपाध्यक्ष प्रेमबहादुर भुजेल, सहकारीकी सल्लाहकार कमलादेवी गिरी लगाएतले बोलेका थिए । सहकारीकी अध्यक्ष पवित्रा पौडेल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव मुना बास्तोला गरेकी थिईन् भने शिक्षा समिति सदस्य लक्ष्मी गुरुङले स्वागत गरेकी थिईन् ।