कुन सपनाको फल के हुन्छ ?
एजेन्सी, भदौ २ ।
हरेक रात निदाई सकेपछि हामीले विभिन्न प्रकारका सपना देख्ने गर्दछौँ । कतिपय सपना हाम्रा अतितसँग जोडिएका हुन्छन् भने कतिपय भविष्यसँग जोडिएका हुन्छन् । सबै मानिसलाई यस प्रति विश्वास नलाग्न सक्छ । विश्वास गर्ने वा नगर्ने त्यो कुरा व्यक्तिमा भर पर्दछ । ज्योतिष शास्त्रलाई विश्वास गर्ने हामीले देखेका सपनाहरुबाट हामी निकट भविष्यमा हुने कामहरुको बारेमा जानकारी पाउन सक्छौँ भन्ने बुझिन्छ ।
ढिलो हुनु वा यातायातको साधन छुट्नु-सपनामा कुनै ठाउँमा पुग्न ढिला भयो अथवा यातायातको साधन छुट्यो भने हामीले निकट भविष्यमा कुनै गडबढ हुँदैछ भन्ने बुझ्नुपर्छ । यस्तो सपनाले कुनै पनि कामको असफलतालाई संकेत गर्दछ ।
कोही पछि लाग्नु-सपनामा कोही मान्छे पछि लाग्यो भने बुझ्नुस् तपाईले कसैलाई बेवास्ता गर्दै हुनुहुन्छ । त्यसकारण त्यसबाट भाग्नुभन्दा सामना गर्नु नै राम्रो हुन्छ ।
अग्लो ठाउँबाट लड्नु-सपनाले जीवनको गलत काम या त असंतुष्टिको भावनातर्फ ईशारा गर्छ । कुनै कुराबाट डराएका कारण हामीले पटक पटक यस्तो सपना देख्न सक्छौँ । त्यस कारण यस्तो अवस्थामा सबैभन्दा पहिले आफ्नो तनावको कारण खोज्नुनै बुद्धिमानी हुन्छ ।
आफैलाई उडेको देख्नु-यदि सपनामा हामीले आफैलाई उडेको देख्यौँ भने निकट भविष्यमा कुनै राम्रो कामको लागि यात्रामा जानुपर्छ । त्यस्तै सपनामा उडिरहेको पंक्षि देख्नुले पनि समाजमा मान सम्मान प्राप्त हुन्छ ।
भाँचिएको दाँत-जो मानिसहरु आफ्नो सुन्दरतालाई लिएर चिन्तित हुन्छन् उनीहरुले यस्तो खालको सपना देख्ने गर्छन् । आफ्नो बारेमा कसैले नराम्रो सोचेको छ कि रु भन्ने महसुस भयो भने यस्तो सपना देखिन सक्छ । त्यस कारण गलत सोचलाई मनबाट अलबिदा भन्नु नै राम्रो ।
सर्प समातेको-सपनामा सर्प समात्यो भने काममा सफलता मिल्छ भन्ने मान्यता छ । यसका साथै यस्तो सपना देख्नाले दुश्मनहरुलाई हराउन सकिन्छ । यदि सपनामा पटक पटक सर्प समातेको देखियो भने हामीलाई धन प्राप्त हुन्छ ।
आफ्नै मृत्युको सपना-हामी आफ्नै मृत्युको सपना देख्यौ भने डराउने गर्छौ । तर यस्तो सपना देखेर डराउनु पर्दैन । यस्तो सपना देख्नु भनेको हामी जीवनमा अघि बढ्दैछौँ भन्ने हो । त्यस्तै अरु कोहीको पनि मृत्युको सपना देखेपछि उनीहरुको जीवनमा केही नयाँ, केही खास हुँदैछ भन्ने बुझुनुपर्छ ।
पानी देख्नु-सपनामा पानी देख्नु सामान्य कुरा हो । सपनामा बग्दै गरेको पानी देखिनुको अर्थ हाम्रो जीवन सहि गतिले अघि बढिरहेको छ भन्ने हो ।
समुन्द्र देख्नु-सपनामा समुन्द्र देखेपछि हामीले बुझनुपर्ने कुरा हो जीवनमा भएको कुनै ठूलो तनावको अन्त्य हुँदैछ । झरनामा भिजेको सपना देखियो भने पनि निकट भविष्यमा शुभ समाचार प्राप्त हुन्छ । तर धमिलो पानी देख्नु भने जीवनमा केही गलत हुने संकेत हो ।
धोका खानु-सपनामा धोका खाएको देख्नुको अर्थ हुन्छ हामी कुनै ठूलो तनावबाट मुक्त हुँदैछौँ । यो सपनाको अर्थ तनाव दिने व्यक्ति हामीबाट टाढा जाने र जीवनमा सुख आउने सकेंत हो ।