कास्की ३ प्रदेश ख मा कांग्रेसले थप्यो सदस्य

पोखरा, चैत १७ ।
नेपाली कांग्रेस कास्की ३ (ख) ले कार्यसमिति सदस्य मनोनित गरेको छ । ५ जनालाई सदस्यमा मनोनित गरेको हो । सभापति जीवनाथ पौडेल (शंकर) ले विधान अनुसार सदस्य थप गरेका हुन् ।

नयाँ सदस्यमा छबिराज पौडेल, टिकाराम बराल, हरिश्रचन्द्र पहारी, माधव अधिकारी र गोलमाया अधिकारी रहेका सचिव ठाकुर बरालले जानकारी दिए ।