कास्की काँग्रेसको कार्यवाहक सभापति भट्टराई

पोखरा, कार्तिक १८ ।
नेपाली काँग्रेस कास्कीको कार्यबाहक सभापतिको जिम्मेबारी सचिव सुदिपमोहन भट्टराईलाई दिइएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकमा सभापति कृष्ण केसीले निर्वाचन अवधिभरका लागि सचिव भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेबारी दिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसका सभापति केसी कास्की जिल्ला निर्वाचन क्षेत्र नं १(ख) बाट प्रदेश सदस्यको उम्मेदबार भएका कारण सभापतिको जिम्मेबारी सचिव भट्टराईलाई दिइएको हो ।
कार्यवाहक सभापति भट्टराईले निर्वाचन अवधिभरमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिकाको नेतृत्व गर्नेछन् । उनले सबैको सल्लाह र सुझाव अनुसार नै निर्वाचनमा पार्टीलाई प्रभावकारी ढंगबाट अघि बढाउने दृढता व्यक्त गरेका छन् ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो । यसैबीच, नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीको शुक्रबारको बैठकले कात्तिक १८ गते शनिवार क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ ।
भेला पोखरा लेखनाथ महानगरपालिका चाउथे नजिक हुने क्षेत्रीय सभापति बिर्जमान गुरुङले जानकारी दिए । भेलाले निर्वाचन प्रचार समिति गठन गर्नेछ ।