कास्कीको निर्मलपोखरीबाट काँग्रेसले समात्यो चामल बोकेको गाडी

पोखरा, मंसिर १२ ।
चामलको बोरा बोकेर निर्मलपोखरीतर्फ जाँदै गरेको ट्रकलाई काँग्रेसका नेता तथा कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । चामलको बोरा बोकेर जाँदै गरेको ग १ च १३६० नम्बरको ट्रकलाई उनीहरुले नियन्त्रणमा लिएका हुन् ।

निर्वाचनमा मतदातालाई प्रभाव पार्नका लागि चामल बाँड्न लगिएको काँग्रेस नेता गुरु बरालको आरोप छ । भोलि हुने उपनिर्वाचनलाई लक्षित गरी ठाउँठाउँमा यस्ता गतिविधि भैरहेका छन् ।

‘ट्रक देखेपछि बाटोमा चेक गरियो । रोकेका छौं । अगाडी अज्ञात मान्छे थिए,’ बरालले भने, ‘नियन्त्रणमा लिएर जनचेतन स्कुलको प्राङ्गणभित्र राखेका छौं । अहिले ट्रक प्रहरीको नियन्त्रणमा छ । सत्तारुढ दलले यसो गरेको हुन सक्छ ।’