कास्कीका डा. हुम गुरुङलाई अष्टेलीयामा अन्तर्राष्ट्रिय अवार्ड

पोखरा, भदौ २२ ।
कास्कीको सिक्लेसका संरक्षण विद् डा. हुमबहादुर गुरुङ अष्ट्रेलीयामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत गरिएको छ । संरक्षण क्षेत्रमा डा. गुरुङले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमिका कारण अष्ट्रेलियाको ग्रिफित विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ बाट सम्मानित गरिएको हो ।
उक्त विश्व विद्यालयमा अध्ययन गरिसकेको विश्वका १ सय ४५ देशका २ लाख जना अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाएका हुन् । अष्ट्रेलीयाको ग्रिफित विश्वविद्यालयमा प्रदान गर्ने अवार्डबाट यस वर्ष कास्कीको मादी गाउँपालिका सिक्लेसका संरक्षण विद् डा. गुरुङलाई सम्मानित गरिएको हो । यो अवार्ड पहिलो पटक नेपालीले पाएका हुन् ।
डा. गुरुङ सहभागीता मुलक अनुसन्धान र समुदायमा आधारित पद्यतीहरु, वातावरण शिक्षा, दिगो विकास, जलवायु परिवर्तन, जैविक विविधता, दिगो पर्यटन व्यवस्थापनमा अध्ययन, अनुसन्धान गरेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछी संरक्षण संग लगायतका बिभिन्न संघ संस्था हुँदै डा. गुरुङ हाल बर्डलाईफ इन्टरनेशनल मलेशियाका क्षेत्रीय परियोजना अधिकृतको रुपमा कार्यरत छन् ।