कांग्रेस नेता, पुम्दीभुम्दी गाविसका पूर्व अध्यक्ष गुरुङको निधन

पोखरा, कार्तिक १६ ।
नेपाली कांग्रेस कास्कीका नेता तथा पुम्दीभुम्दी गाविसका पूर्व अध्यक्ष क्या. टिकप्रसाद गुरुङको निधन भएको छ । उनी नेपाल भुपु सैनिक संघ कास्कीका पूर्व अध्यक्ष समेत हुन् ।

गुरुङले खासगरि शिक्षा र समाजसेवामा विशेष योगदान पु¥याएका छन् । गुरुङको शवमाथी नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेताहरु तारानाथ रानाभाट, शुक्रराज शर्मा, खेमराज पौडेल, पुर्व मन्त्री यज्ञबहादुर थापा लगायतले कांग्रेसको झण्डा ओढाएका थिए ।

गुरुङको निधनले कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको सभापति केसीले बताए ।