ओलीको आरोपमाथी काँग्रेस प्रबक्ता शर्माको जवाफ

काठमाण्डौं, माघ १२ ।
बिहिबार एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन गरी शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ११ बुँदे आरोप लगाएकोमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया जनाएका छन् । खासगरी सत्ता हस्तान्तरणमा ढिलाई गरेको आरोपमा उनले त्यसको खण्डन गरेका छन् । ट्विट लेख्दै शर्माले प्रक्रिया पूरा भएपछि सत्ता हस्तान्तरण हुने बताए । उनको ट्विट यस्तो छ
एमाले विज्ञप्तिको बुंदा नं २ बारे !
रासष्ट्रयसभा गठनको कानुन निर्माण, प्रदेश प्रमुख नियुक्ति, काम चलाउ स्थल, माघ २४ मा निर्वाचन, यि सबै प्रक्रियाले सत्ता हस्तान्तरणलाई मार्ग प्रशस्त गरिरहेको छ !
यस्तो छ एमालेको बिज्ञप्तीको २ नम्बर बुँदामा
नयाँ निर्वाचनमा वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत देखापरेको र सरकार सञ्चालनको स्पष्ट जनादेश प्राप्त भइसकेको सन्दर्भमा पनि नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार जनादेशलाई ‘कसैलाई पनि बहुमत प्राप्त नभएको’ भन्दै लाञ्छित गरिरहेको छ, वाम गठबन्धनलाई विभाजीत गर्ने खुलेआम उद्घोषण गरिरहेको छ र कानुनी छिद्रहरु खोज्दै नयाँ सरकार गठनको बाटो अवरुद्ध गर्न उद्दत छ ।