एमाले प्रबेश गरेको होहल्ला निराधार–शेरचन

पोखरा, कार्तिक ११ ।
मुस्ताङको थासाङ गाउँपालिकाका काँग्रेस सचिव तथा निर्वाचित जनप्रतिनिधी गौतम शेरचनले आँफुलाई एमाले प्रबेश गरेको भनि अफवाह फैलाएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालबाट गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसको खण्डन समेत गरेका छन् ।
शेरचनले आँफु एमालेको एक कार्यक्रममा काम बिषेशले पुग्दा खादा लगाईदिएको फोटो सामाजिक सञ्जालमा प्रचार भएको बताए । बिज्ञप्ती जारी गरी आँफू नेपाली काँग्रेसको निष्ठावान कार्यकर्ता भएको भन्दै उनले काँग्रेसप्रतिको आस्था कहिलै नगुम्ने प्रतिबद्धता जनाए ।
यस्तो विषय राजनीतिक संस्कारमा नपर्ने उनको भनाई छ ।