उपल्लो मुस्ताङबासीले मनाए पोखरामा रिम्पोछेको ७५ औ जन्मदिन

पोखरा,  असोज १२ ।
पोखरामा बस्ने उपल्लो मुस्ताङ बासी तथा वौद्ध धर्मावलम्वीहरुले शाक्य घोङ्मा ठिचेन रिम्पोछेको ७५ औ जन्मदिन भब्यताका साथ मनाइएको छ । उपल्लो मुस्ताङबासीद्धारा निर्मित पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य गुम्बामा रिम्पोछेको जन्मदिन सेप्टेम्ब्र २९ भब्यताका साथ मनाइएको हो ।


हाल भारतको देहरादुन शाक्य सेन्टर गुुम्बामा रहेको रिम्पोछेको दिर्घायुको कामना गर्दै भारत र नेपालका शाक्य गुम्बाहरुमा रिम्पोछेको जन्मदिन मनाइएको र सोही अनुरुप पोखरामा रहेको शाक्य गुम्बामा पनि रिम्पोछेको दिर्घायुको कामना गर्दै ७५ औ जन्मदिन मनाइएको गुम्बाका संस्थापक सल्लाहकार ईन्द्रधारा विष्टले जानकारी दिए ।


जन्मदिनको अवसर पारी गुम्बामा रिम्पोछेको दिर्घायुको कामना गर्दै लामाहरुद्धारा सामुहिक पुजा सहित केक काटिएको थियोभने दिउसो पेमा छाल गुम्बाका प्रमुख लामागुरु खेन्पो ज्याम्पा ढाक्पाले रिम्पोछेको जीवनीको बारेमा वर्णन गरेका थिए ।

उक्त अवसरमा रिम्पोछेको बारेमा कविता, संवाद र सांस्कृतीक कार्यक्रमहरु समेत गरिएको सल्लाहकार विष्टले जानकारी दिए । उक्त अवसरमा हेम्जा क्याम्पका लामा गुरु ट्युप्चेन रिम्पोछेको समेत सहभागीता रहेको थियोभने पोखरामा वस्ने उपल्लो मुस्ताङबासीको बाक्लो उपस्थिती रहेको थियो । पोखरा संगै नेपालमा रहेका दर्जनौ शाक्य गुम्बाहरुमा रिम्पोछेको जन्मदिन मनाइन्छ ।