अष्ट्रेलियाबासि नेपालीले गरे सभापति केसीलाई स्वास्थ्य लाभको कामना

अष्ट्रेलिया, २६ भदौ ।
नेपाली कांग्रेसका कास्की सभापति कृष्णबहादुर केसीलाई नेपाली कांग्रेसको जनसम्पर्क समिति अष्ट्रेलियाले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । केही दिन अघि पेल्भिक डेर्मोइडको मेजर सर्जरी गराएका नेता केसीलाई अष्ट्रेलियाबासी नेपालीले संयुक्त रुपमा स्वास्थ्य लाभको कामना सन्देश पठाएका छन् ।

नेता केसीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको उनका छोरा सरोज केसीले जानकारी दिए । सभापति केसीको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा उपचार भई रहेको छ । उपचारको निम्ति सुविधासम्पन्न अस्पताल खोज्दै विदेश धाउने प्रवृतिलाई निरुत्साहीत गरेर सामान्य नागरिक सरह गृह जिल्लाकै सरकारी अस्पतालमा उपचार गराएको भन्दै नेता केसीलाई आभार प्रकट गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले भेटघाट कार्यक्रम राखेर नेता केसीलाई संयुक्त रुपमा स्वास्थ्य लाभको कामना गरेको थियो । नेता केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पोखरा महानगरापालिकाका मेयर मानबहादुर जीसी लगायत थुप्रै नेता तथा कार्यकर्ता र विभिन्न संघ संस्थाका प्रतिनिधी अस्पताल पुगेका थिए ।