अत्याधिक मदिरा सेवनबाट ६ जनाको मृत्यु

 

जनकपुर, फागुन ३० ।

होली पर्वका दिन अत्यधिक घरेलु मदिरा सेवनले गर्दा धनुषामा ६ जनाको मृत्यु भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ६ जनाको ज्यान गएको हो ।

हुनेमा रमदैयाका अन्दाजी ३२ वर्षिय राजु महरा, वर्ष ३० का रामनारायण महरा, वर्ष ३६ का गुदरी महरा, वर्ष ४२ का बिलास मण्डल, वर्ष ३५ ब्रम्हदेव यादव र परवाहाका वर्ष ३५ का गिरिजानन्द झा रहेका छन ।

मदिरा सेवन गरेका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । मदिराले विरामी परेक तीन जनाको धरान मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरी निरीक्षक नायकले बताए ।
(ईमेजखबरबाट साभार)