अझै केही दिन पानी पर्ने

काठमाडौं, वैशाख १९ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । विषेशगरी पश्चिम र पूर्वका केही पहाडी जिल्लामा चट्याङ, हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।