अख्तियारको ‘पक्षपातपूर्ण निर्णय’ भन्दै तरुण दल सडकमा

 

काठमाडौं, माघ २६ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित हुँदै आएको तरुण दलले आइतबार पनि विरोध प्रदर्शन गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतको अगुवाइमा माइतीघर मण्डलामा जम्मा भएकाहरु प्रदर्शन गर्दै नयाँबानेश्वर पुगेका थिए ।

प्रदर्शनकारीहरुले अख्तियारले एउटै कसुरमा कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप लगाएका थिए ।

अख्तियारको ’पक्षपातपूर्ण निर्णय’ नसच्यिएसम्म विरोध प्रदर्शन जारी राख्ने पनि तरुण दलले जनाएको छ ।

नेपाल तरुण दल नेपाली कांग्रेसको भातृसंगठन हो ।
(ईमेजखबरबाट साभार)