सुरक्षण मुद्रणबारे संसदीय समितिले अध्ययन गरोस् : मन्त्री बास्कोटा

 

काठमाडौं, पुस २४ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रणबारे हतारिएर निर्णय नगर्ने बताएका छन् । संसदको सार्वजनिक लेखा समितिसँगै अर्थ समितिले चासो राखेको भन्दै उनले यसबारे संसदीय समितिले अध्ययन गरेर दिने निर्देशन सरकारलाई मान्य हुने बताए ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले सुरक्षण मुद्रणबारे झण्डै हजार पेजको डकुमेन्ट रहेको र सबै समितिमा पठाइदिने बताए । उनले भने, ‘सरकारले सबै कागजपत्र तयार पारेको छ, त्यो सबै दिन्छौं । प्रेस हामीलाई चाहिने नचाहिने, प्रक्रिया पुगे नपुगेको छलफल गरेर निर्णय पठाइदिनुर्पयो । हामी कोठाभित्र बसेर होइन, सम्मेलन गरेर हस्ताक्षर गर्न चाहान्छौं ।’

तर ६र७ लाखमात्र पासपोर्टको बाँकी रहेकाले छिट्टै निर्णय होस् भन्ने पनि चाहेको उनले बताए । मन्त्री बास्कोटाले भने, ‘गलत छ भने तथ्यगत रुपमा भनिदिनुर्पयो । ठीक छ भने अगाडि बढाउ भन्ला । रोक्नै पर्नेछ भने पनि रोक भन्ला ।’
(अनलाइनखबरबाट साभार)