राष्ट्रियसभा चुनाव–प्रदेश ७ मा काँग्रेसले टुंग्यायो उम्मेदवार

पोखरा, माघ ८ ।
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारहरुको नाम टुंग्याएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार, कांग्रेसले प्रदेश नम्बर ७ को खुलाबाट बद्रीप्रसाद पाण्डे, महिलाबाट तारादेवी भट्ट, दलितबाट शेरीराम पार्की र अपांगबाट छत्रराज जोशीको नाममा सहमति गरेको छ । यता, प्रदेश ७ मा वाम गठबन्धनले ७ सिट जित्ने दाबी गर्दै एमालेबाट पाँच र माओवादी केन्द्रबाट दुई उम्मेदवार उठाउने तयारी गरेका छन् ।