यस्तो अनौठो अनुहार भएकी महिला काठमाण्डौंमा भेटिईन्

काठमाण्डौं, भदौ २ ।
संसारमा विभिन्न प्रकारका मान्छेहरु भेटिने गर्छन् । हालै नेपालमा पनि एक अचच्मको अनुहार भएकी महिला भेटिएको छिन् । मोरङ घर भई हाल काठमाडौँ गौशालामा बस्दै आएकी कुमारी सुवेदी सामान्य मानिस भन्दा फरक हुनुहुन्छ । उनलाई झ्वाट्ट देख्ने मान्छे पक्कै पनि तर्सिन्छ । किनभने उनको अनुहार हेर्दा केहि डरलाग्दो नै छ ।

कुमारीको ६ वर्षको उमेरमा नै यसरी अनुहार सुनिन थालेको थियो । जब उनको उमेर बढ्दै गयो अनुहारको बनावट पनि ठूलो हुँदै गयो । उनी २० वर्षकी पुग्दा सम्ममा उहाँको अनुहार यतिसम्मको भयो तर अहिले भने त्यो क्रम रोकिएको कुमारी बताउँछिन् ।

उनको यस्तो अवस्था हुँदा कसैले पनि काम नदिने गुनासो पोख्छिन् । अहिले जसले जतिबेला जे काम दिन्छ त्यहि गरेरै दिन काटिरहेकी छिन् । उनको साहस देख्दा निकै खुशी पनि लागेको छ ।

उनले आफ्ना कथा सुनाईरहँदा जो कोहिका पाि आँखाबाट आँशु रसाउछ । उनले आफ्ना पिडा सुनाउँदै गर्दा आफूलाई नचिन्नेहरु त आफूलाई देखेर भाग्ने गरेको बताउछिन् । कतिले त नजिक पर्दा गाली गरेको पनि व्यथा सुनाएकी छिन् ।