बाढी पसेपछि मुस्ताङमा घर छोडेर हिडे स्थानीय

पोखरा, भदौ २७ ।
तीनदिन देखि लगातार बर्षा भएपछि मुस्ताङको अधिकांश ठाउँ प्रभावित भएको छ । थासाङ गाउँपालिका ५ कुञ्जोमा गाउँ माथीबाट बाढी पसेपछि स्वास्थ्यचौकी सहित सामुदायिक भवन, कभर्ड हल र स्थानीयका केही घरहरुमा क्षति पुगेको छ ।
स्थानीय अविनास गौचनका अनुसार बस्तीमा भने बाढी पसेको छैन । तर खेतीबाली नष्ट भएको छ । कुञ्जोका गाउँले प्रस्याङमा बसेका छन् । थासाङ गाउँपालिका वडा नं २ कोबाङको सौरु र सिरकुङ गाउँमा खहरेखोलाको बाढीले ठुलो नोक्सानी परेको छ ।
स्कुल सहित १० घर जलमग्न भएको र स्याउबारी बगरमा परिणत भएको छ । स्थानीयहरु घर छोडेर भागेका स्थानीय समाजसेवी गौचनले बताए । थासाङ ३ कालोपानी लेते स्थित सेतोखोलाको पानीको बहाव बढ्दा पानीको सतह सडकसम्म आईपुग्दा सडक अवरुद्ध बनेको छ ।