पोखरा १३ मा वामको चुनावी प्रचार कार्यालय

पोखरा, कार्तिक २८ ।
बाम गठबन्धनले पोखरा–१३, गौडाकोमुखमा कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा खको निर्वाचन प्रचार¬प्रसार कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालय मंगलबार प्रतिनिधि सभा क्षेत्र नं. १ का वाम उम्मेदवार खगराज अधिकारीले उद्घाटन गरे । उनले कास्कीका सबै क्षेत्रमा बाम उम्मेदवार विजयी हुने दावी गरे । ‘स्थायी सरकार निर्माण गरेर मुलुकको विकास गर्र्न वाम उम्मेदवार विजयी हुनु आवश्यक छ,’ उनले भने ।
प्रदेश खका उम्मेदवार मनबहादुर गुरुङले आफ्नो पक्षमा जनलहर आएको बताए । ‘समृद्ध प्रदेशका लागि मेरो भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने । प्रदेश सभा ख का निर्वाचन परिचालन कमिटी संयोजक वेदबहादुर गुरूङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिवबहादुर बरालले गरेका थिए । त्यसैगरी पोखरा १२ को निर्वाचन प्रचार¬¬प्रसार कार्यालय पनि उद्घाटन गरिएको छ ।