पहिरो पीडितलाई पुर्नवास-बराल

पोखरा, कार्तिक २८ ।
कास्की क्षेत्र नं ३(क)का उम्मेदवार रामजीप्रसाद बरालले मंगलवार रिभानमा घरदैलो गरेका छन् । वामपन्थीका साझा उम्मेदवार जीवनले माछापुच्छ«े रिभानका मोहोरा, डाँडागाउुँ, हुम्दी, नयाँपुल, ठाँटी, चर्याम र रिभान घरदैलो गरेका हुन् ।
खेती धन्काउने महिना भएकाले जनता खेतीपातीमा व्यस्त हुँदा उम्मेदवारसहितको टोली खेतमै पुगेर मतदातासँग मत माग्न भ्यायो । नेता जीवनले गत साउनमा गएको पहिरोमा परी पीडित भएका रिभान पहिरो पीडितको लागि पुनर्वासको व्यवस्था गर्न आफूले पहल गर्ने बताए । ‘पहिरो पीडितलाई हामीले त्यति वेला पनि सक्दो सहयोग गरेका हौँ । म आफै यसमा लागि परेको सवैलाई अवगत छ’, जीवनले भने ।
निर्वाचन परिचालन कमिटी संयोजक दीपक पौडेलले वामपन्थीको विजय भएमात्र देशमा विकास र सुशासन स्थापना हुने भएकाले वाम गठवन्धनलाई विजयी गराउन आग्रह गरे ।