पहिरोले बारपाकमा एक घर बगायो, ११ घर जोखिममा

गोरखा, भदौ ५ ।
भारी बर्षासँगै आएको पहिरोले बारपाक सुलिकोट गाउँपालिका–२ रुतुकमा एक घर बगाएको छ ।
वर्षासँगै बुधवार राति पहिरो खसेपछि ११ घर जोखिममा परेको स्थानीयले बताएका छन् । पहिरोले स्थानीय देव गुरुङको पसल भएको घर बगाउँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
‘सडकमा नाला बनाउने काम अलपत्र छाडिएको छ,’ स्थानीय डिलबहादुर गुरुङले भने, ‘माटोले नाला थुनिएपछि गाउँमा भल पसेर पहिरो गएको हो ।’ गाउँमा भल पस्न थालेपछि स्थानीयले रातिनै गाउँ छाडेका थिए । पहिरोको कारण गाउँ आसपास छिमेकीकोमा बसेर जसोतसो रात कटाएको गुरुङले बताए ।
(अनलाइनखबरबाट साभार)